Sunday, January 13, 2013

नेपालको भुगोल सम्बन्धी केही जानकारीहरु !!!!!!



नेपालको भुगोल सम्बन्धी केही जानकारीहरु 

नेपालको क्षेत्रफल कति छ ? 
– १,४७,१८१ वर्ग कि.मि. 
नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? 
– ८८५ कि.मि.
नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ?
–१९३ कि.मि.
नेपाल कुन महादेशमा अवस्थित छ ?
–एशिया
नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ?
– ०.३५
नेपाल कुन देशान्तरमा पर्दछ ?
–पूर्वी देशान्तर
नेपाल कुन अक्षांसमा पर्दछ ?
–उत्तरी अक्षांस
नेपाल कति देशान्तर रेखामा अवस्थित छ ?
–८०४ु पूर्वी देशान्तरदेखि ८८१२ु पूर्वी देशान्तरमा
नेपाल कुन अक्षांश रेखामा अवस्थित छ ?
–२६२२ुउत्तरी अक्षांसदेखि ३०२७ु उत्तरी अक्षांसमा
नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ?
– ६ वटा
चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ?
–३६
भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ?
–२६ वटा
क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ?
–डोल्पा
क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ?
–कर्णाली
क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?
– शे फोक्सुण्डो
क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ?
– भक्तपुर
नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ?
–५घण्टा ४५ मिनेट
नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ?
–८६१५ु देशान्तर रेखालाई
नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ?
–गौरीशंकर हिमाल
कुनकुन अञ्चलका ५÷५ वटा जिल्लाहरु रहेकाछन् ?
–नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका
नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ?
–२०१८ बैशाख १ गते
नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ?
–२०२९ साल
८ वटा जिल्ला हुने अञ्चल कुन हो ?
– वाग्मती
६÷६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ?
–लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी
महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ?
–चाँदनी र दोधारा
गंगासागर पोखरी कहाँ पर्दछ ?
– जनकपुरधाम, धनुषा
सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?
–सिमिकोट
चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ?
–२ वटा,
ताप्लेजुङ्ग र दार्चुला
सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?
–जलेश्वर
४÷४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ?
–३ वटा, मेची, महाकाली, धवलागिरी
सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ?
–सिन्धुली
अदुवा ख
तीका लागि प्रसिद्ध जिल्ला कुन हो ?
–सल्यान
नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ?
–हुम्ला
नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ?
–लोदावारी, झापा

Thursday, January 3, 2013

अचम्म लाग्दो रहस्य कुरा अमेरिकाको ‘डेथ भ्याली’ मा हिडने ढुङ्गा !

ढुङ्गा निर्जीव हो भन्नेमा दुईमत छैन । अब निर्जीव मानिएको यस्तो l वस्तु आफाै हिड्न थालेपछि भने सर्वसाधरण मात्र हैन, वैज्ञानिकहरु पनि हैरान भएका छन् । विषम वातावरणीय परिस्थितिका कारण मानिस नबस्ने अमेरिकाको ‘डेथ भ्याली’ मा यस्तै घसि्रएर आफै हिड्ने कैयौ ढुङ्गाहरु फेला परेका छन् । समथर भूमिमा ती ढुङ्गाहरुले बनाएको गोरेटो बाटोहरु पनि प्रष्ट देख्न सकिन्छ । गि्रष्ममा सुख्खा अनि अलिअलि हिलो हुने र हिउादमा हिाउले छोपिने उक्त उपत्यकाकोे अनुसन्धानका लागि भूगर्भशास्त्रीहरुको एक समूह त्यहा पुगिसकेको छ । विगत एक दशकदेखि भइरहेको ढुङ्गाको चालले प्रकृतिको अर्को रहस्य बाहिर ल्याएको बताउाछन् अनुसन्धानमा संलग्न भूगर्भशास्त्रीहरु । जसमध्ये केही भन्छन्- ‘समथर भूभागमा माटो अलि नरम हुादा र हल्का हिाउ परेपछि ढुङ्गा हिड्ने गर्छ ।’ तर अर्का थरी भूगर्भविद्हरु भने यस्तो निष्कर्षमा सहमत छैनन । गि्रष्म याममा ढुङ्गा नै सुक्न तातो तापक्रममा ढुङ्गा घस्रने हुादा हिलोले चिप्ल्याएको हुन सक्ने सम्भावनालाई उनीहरुले अस्वीकार गरेका छन् । त्यसमाथि ढुङ्गाले सानो खाडल नै बनाएर अगाडि गतिशिल भएको भू-दृश्य यत्रतत्र देख्न सकिन्छ । अचम्म लाग्दो कुरा के छ भने ढुङ्गाहरु एक अर्कासाग समानान्तर भएर अघि बढेको पाइन्छ । वर्षबित्दै जाादा ती ढुङ्गाहरुले पनि आˆनो बाटो परिवर्तन गर्ने गरेको भूगर्भशास्त्रीहरुले पत्ता लगाएका छन् । केहिले रेखीय र अन्यले अण्डाकार, बाङ्गोटिङ्गो ट्रयाकहरु बनाएको देखिन्छ । यद्यपी कसैले पनि अहिलेसम्म नाङ्गो आाखाले हिाडेको नदेखेको र यसको गतिबारे थाहा नपाएको बताएका छन् । २ देखि ५ वर्षको अवधिमा केहि ढुङ्गाभन्दा अन्य ढुङ्गाले बढी नै दुरी तय गरेको भूगर्भशास्त्रीले बताएका छन् । ढुङ्गा कसरी हिड्यो अनि ट्रयाकहरु कसरी बने, यो अझै रहस्य नै छ......

Monday, December 31, 2012


Happy New Year


HAPPY NEW YEAR 2012!

To all my family and friends.
I hope the new year brings many happy and wonderful wishes to you and your family and friends.